अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालमा आर्थिक संकट लगाउने बेला भयो : मोतिलाल दुगड

नेपालमा आर्थिक संकट लगाउने बेला भयो : मोतिलाल दुगड


काठमाडौं – पूर्वउद्योग राज्यमन्त्री तथा उद्योगी मोतिलाल दुगडले नेपालमा आर्थिक संकट घोषणा गनुपर्ने बेला भएको बताउनु भएको छ ।

आज सिंहदरबारस्थित अर्थसमितिमा निजी क्षेत्रसँगको भएको छलफलमा पूर्व राज्यमन्त्री दुगडले नेपालमा आर्थिक संकट घोषणा गर्नुपर्ने समय भइसकेको बताउनु भएको हो ।

नेपालको आर्थिक अवस्था खराब भएकोले सबै दल मिलेर छलफल गरी आर्थिक संकट घोषणा गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘श्रीलंकामा कापी किन्न समेत पैसा नभएर समस्या भइरहेको छ । त्यसैले बेलैमा नेपालले पनि विचार गर्नुपर्ने छ।’

दुगडले यो सरकारले निजी क्षेत्रको लागि केही नगरेकाले निजी क्षेत्र समस्यामा पर्दै गएको गुनासो गर्नुभयो।