अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई शपथ

राष्ट्रपतिद्वारा राजदूत डा. शर्मालाई शपथ


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा शर्मालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । समारोहमा परराष्ट्रमन्त्री डा नारायण खड्का उपस्थित हुनुहुन्थ्यो ।

नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको थियो ।