अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस्तो छ चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण तालिका

यस्तो छ चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण तालिका


काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै हुनुहुन्छ ।

उहाँ परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा काठमाडौं आउन लाग्नु भएको हो । उहाँ पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयकाअनुसार चिनियाँ विदेशमन्त्री वाङ दिउँसो चार काठमाडौं आइपुग्ने कार्यक्रम छ । त्यसपछि उहाँ आफू बस्ने बत्तिसपुतलीस्थि होटल द्वारिकामा जानुहुनेछ ।

आज उहाँको कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।

भोलि (शनिबार) दिउसो दुई बजेतिर उहाँ नेपाल–चीन विदेशमन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । वार्ता सकिएपछि नेपाल–चीनका सम्बन्धीत पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

द्विपक्षीय वार्ता सकिएपछि चिनियाँ विदेशमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुग्ने छन् ।

शनिबार नै परराष्ट्रमन्त्री खड्काले उहाँको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा उहाँ सहभागी हुने कार्यक्रम छ ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने जनाइएको छ ।

नेपालको तीन दिने भ्रमण सम्पन्न गरी आइतबार बेलुकी उहाँ स्वदेश फर्कनु हुने छन् ।