काठमाडौं – रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) करिअरको पहिलो शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पपुवा न्यूगिनी (पीएनजी) सँग जारी खेलमा रोहितले सानदार शतक पूरा गरेका हुन् ।
नेपालबाट १६ औं ओडिआई खेल खेलिरहेका रोहितले ९१ बलमा ७ चौका र २ छक्काको मद्दतमा आफ्नो शतक पूरा गरेका हुन् ।
ओडिआईमा शतक प्रहार गर्ने रोहित दोस्रो नेपाली खेलाडी हुन् ।
प्रतिक्रिया