दमौली – तनहुँको शुक्ला गण्डकी नगरपालिकाका दुईजना वडाध्यक्ष र नेकपा एकीकृत समाजवादीका नगर कमिटी सचिवसहितका तीन वटा वडा कमिटी एमालेमा समाहित भएका छन् ।
शुक्ला गण्डकी नगरपालिका वडा-३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, वडा-७ का वडाध्यक्ष दीर्घबहादुर थापा तथा तीन वटा वडा कमिटी एमालेमा समाहित भएका हुन् ।
श्रेष्ठ र थापाले एमाले विभाजनपछि नेकपा एसमा सनाखत गरे पनि शुक्रवार आयोजित कार्यक्रममा उहाँहरु एमालेमै फर्किनुभएको हो ।
त्यस्तै सोही कार्यक्रममा नेकपा एसका तनहुँ जिल्ला कार्यालय सदस्य तथा शुक्ला गण्डकी नगर कमिटीका सचिव कमल ढकालसहित ६ जना जिल्ला कमिटी सदस्य पनि एमालेमा फर्किनुभएको छ ।
यसैगरी सो कार्यक्रममा नेकपा एस निकट अनेरास्ववियूका गण्डकी प्रदेश सचिव गोविन्द महतसहित सो संगठनको जिल्ला कमिटी पनि एमालेमा समाहित भएको छ ।







प्रतिक्रिया