अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा अचानक आगलागी

कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको बसमा अचानक आगलागी


सुर्खेत – कालीकोटबाट नेपालगञ्ज जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ।

आज दिउँसो ३ बजेर २५ मिनेटमा सुर्खेतको बराहताल गाउँपालिका-८ ओदालताल नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार गाडी जलेको छ, तर मानवीय क्षति भने केही भएको छैन ।

बसमा लागेको आगो वीरेन्द्रनगरबाट दमकल गएर निभाएको छ। बसको ब्याट्रीमा अचानक आगलागी भएर आगो लागेको डिएपी घर्तीले जानकारी दिनु भयो । उहाँका अनुसार बसमा सवार सबै यात्रु सकुशल छन्।