अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेस प्रदेश सभापतिको ठोकुवा : गठबन्धन गरे धेरै जिल्लामा काँग्रेस निल हुन्छ

काँग्रेस प्रदेश सभापतिको ठोकुवा : गठबन्धन गरे धेरै जिल्लामा काँग्रेस निल हुन्छ


काठमाडौं – नेपाली काँग्रेसका प्रदेश सभापतिहरूले गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जान नहुने तर्क गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समिति बैठकमा आमन्त्रितका रुपमा प्रदेश सभापतिहरूले आफ्ना भनाइ राख्दै गठबन्धनको विपक्षमा आफूलाई उभ्याएका हुन्।

आज पार्टी कार्यालय सानेपामा बसेको काँग्रेस केन्द्रीय कमिटीको बैठकमा प्रदेश सभापतिहरूले आफ्ना भनाइ राख्दै गठबन्धन गर्न नहुने सुझाव दिएका छन् ।

बैठकमा गण्डक प्रदेश सभापति शुक्रराज शर्मा, लुम्बिनी प्रदेश सभापति अम्बर पुन, कर्णाली प्रदेश सभापति ललित बहादुर शाहीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने बताउनुभयो ।

गठबन्धन गर्नै परे स्थानीय आवश्यकता अनुसार मात्र गर्नुपर्ने उहाँहरुको जोड छ । कर्णाली प्रदेशका सभापति शाहीले माओवादीको प्रस्ताव अनुसार गठबन्धन गर्ने हो भने धेरै जिल्लामा काँग्रेस निल हुने ठोकुवा गर्नुभयो ।

नेकपा माओवादी केन्द्रले ज–जसले जहाँ जितेको हो त्यो ठाउँमा आफूसँगै राखेर नेकपा एमालेले जितेका स्थानीय तहमा भागबण्डा गर्नुपर्ने बताउँदै आएको छ । यस्तो गर्दा कर्णालीका धेरै जिल्लामा काँग्रेस निल हुने उहाँले बताउनुभयो ।