इटहरी – नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले जनताले हिसाबकिताब लिएर बसेकाले एमालेले छिट्टै न्याय पाउने बताउनु भएको छ ।
आज इटहरी उपमहानगर कमिटीको बैठकलाई सम्बोधन गर्दै नेम्वाङले अदालतले अन्याय गरे पनि जनताले निर्वाचन मार्फत न्याय गर्ने बताउनु भयो ।
एमालेलाई अदालत मार्फत कमजोर बनाउन खोजिएको दाबी गर्दै जनताको अदालतले भने छिट्टै न्याय दिने उहाँले जिकिर गर्नुभयो ।
‘जनताले हेरिरहेका छन् । अदालतमा विचाराधीन हुन्छ मुद्दा, त्यसैगरि अहिले जनताको अदालतमा पनि मुद्दा विचाराधीन छ’ नेम्वाङले भन्नुभयो, ‘फैसला आउने दिन टाढा छैन। सबै कुराको हिसाबकिताब जनता लिन्छन्।’







प्रतिक्रिया