अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन गर्नुहदैन भन्ने काँग्रेसजनलाई देउवाको हप्की -गठबन्धबिना चुनाव जितेर देखाओ, हारिएछ भने मैले जान्या छु

गठबन्धन गर्नुहदैन भन्ने काँग्रेसजनलाई देउवाको हप्की -गठबन्धबिना चुनाव जितेर देखाओ, हारिएछ भने मैले जान्या छु


काठमाडौं -नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा एमालेसँग चुनावमा एक्लै भिड्न कति हतास मनस्थितीम हुनुुहुँदो रहेछ भन्ने कुरा शुक्रबारको केन्द्रीय समितीको बैठकमा स्पष्ट भएको छ ।
गठबन्धन गरे काँग्रेसको अस्तित्व संकटमा पर्छ भन्ने प्रदेश सभापतिहरुको धारणालाई अस्विकार गर्दै देउवाले गठबन्धन नगरी चुनाज जितेर देखाओ भनेर चेतावनी दिनुभएको छ ।
यतिसम्म की चितवनमा काँग्रेसले एक्लै चुनाव जित्नै नसक्ने देउवाको ठोकुवा छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा देउवाले आफू विद्यार्थी राजनीति गर्दादेखि नै चितवनमा चुनाव जित्न नसकेको स्मरण गर्नुभयो ।
‘चितवनमा कांग्रेसले कहिल्यै चुनाउ जितेको इतिहास छैन। जहिले हारेको हारेइ। कहिले जित्दा पनि जित्दैन’ देउवाको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘ मैले उहिले विद्यार्थी राजनीतिबाटै जानेको हुँ। यहाँ भएका साथी मध्ये कोही त जन्मनु पनि भएको थिएन होला।’

देउवाले नेकपा एमालेलाई हराउन पनि गठबन्धन बनाउनुपर्ने बताउनुभएको छ । चितवनमा कांग्रेस एक्लै लड्नुपर्छ भन्ने नेता कार्यकर्तालाई चुनाव नजिते के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएको छ ।
‘ओलीको आतंक यति चाँडै बिर्सने’ देउवाले भन्नुभयो, ‘गठबन्धन बिना चुनाव जितेर देखाओ। जितेन भने मैले जान्या छु। ’