अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वाम एकताको गफ भ्रान्तिपूर्ण कहलियो : सूर्य थापा

वाम एकताको गफ भ्रान्तिपूर्ण कहलियो : सूर्य थापा


काठमाडौं- नेकपा एमालेका नेता सूर्य थापाले वाम एकताको गफ भ्रान्तिपूर्ण कहलिएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएपछि शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता थापाले केहीले पोलिटब्यूरो बैठकमा राखेको वाम एकताको प्रस्ताव तथ्यहीन भएको बताउनुभयो ।

थापाले लेख्नुभएको छ, ‘नेकपा एमाले पोलिटब्युरोको प्रथम र केन्द्रीय कमिटीको तेस्रो बैठक सफलतापूर्वक सम्पन्न भएका छन् । विगतमा भन्दा बैठकको तयारी सुव्यवस्थित रह्यो । एजेन्डा र प्रस्ताव प्रस्तुति, छलफल र पारित गर्ने प्रक्रिया पनि फरक रह्यो । पोलिटव्युरोमा एजेन्डा पारित गर्दा केहीले राखेको नहुने र अर्थहीन वाम एकताको पक्षमा गफ पनि तथ्यहीन, मनोगत र भ्रान्तिपूर्ण कहलियो !’

नेता थापाले अब एमाले आफ्नो सामर्थ्यमा सम्पूर्ण रूपमा एकताबद्ध भएर निर्वाचन केन्द्रित भएको बताउनुभयो ।