अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैन, कलमको विजयी शुरूआत भइसक्यो : माधव नेपाल

सूर्य चिह्न नहुँदैमा कुनै अप्ठ्यारो हुँदैन, कलमको विजयी शुरूआत भइसक्यो : माधव नेपाल


काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न नहुँदैमा आफ्नो पार्टीलाई निर्वाचनमा कुनै पनि अप्ठ्यारो नपर्ने बताउनुभएको छ ।

अध्यक्ष नेपालले कलम चिह्न लिएर राष्ट्रियसभा निर्वाचनमा विजयको शुरूआत भइसकेको उल्लेख गर्दै सूर्य चिह्न नहुँदैमा आगामी निर्वाचनमा कुनै अप्ठ्यारो नपर्ने दाबी गर्नुभयो ।

एकीकृत समाजवादीनिकट मजदुरहरूको संगठन एकीकृत ट्रेड युनियन महासंघ नेपालले शुक्रवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कलम चिह्न लिएर दोस्रो चरणको राष्ट्रियसभा निर्वाचनमा पनि जीत हासिल गरेको स्मरण गराउनुभयो ।

कसैकसैले पार्टी भित्रैबाट सूर्य चिह्न नहुँदा अप्ठ्यारो पर्छ कि भनेर भन्ने गरेको उल्लेख गर्दै उनले अप्ठ्यारो होइन कलम चिह्न लिएर जीतको शुरूआत भइसकेको बताउनुभयो । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पनि जीत हासिल गर्न आफूहरूले वाम–लोकतान्त्रिक शक्तिसँग मिलेर जाने विषयमा छलफल भइरहेको बताउनुभयो ।