अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेलम्ची र इन्द्रावतीमा ५ सय घरधुरीलाई खानेपानी

मेलम्ची र इन्द्रावतीमा ५ सय घरधुरीलाई खानेपानी


सिन्धुपाल्चोक- फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाबाट मेलम्ची नगरपालिका–१३ स्थित फटकशिलाका ३०० घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ। नगरपालिकाको दुई करोडको लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दा घरघरमा पानी आएपछि हर्षित भएका छन्।

नगरप्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकामा खुसी व्यक्त गर्दै पानी ट्यांकी र धाराको संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताउनुभयो ।

यस्तै भीमटारका एक सय ९५ घरधुरीलाई पानी उपलब्ध गराइएको छ। खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका–१२ स्थित भिमटारमा खानेपानीको धारा उपलब्ध गराइएको छ। ३७ लाखको लागतमा ८२ घनमिटरको ट्यांकी बनाएर खानेपानी उपलब्ध गराएपछि स्थानीयवासी लाभान्वित भएका छन्।

गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकामा अहिले सफा र स्वच्छ पानी स्थानीयवासीले पिउन पाएको बताउनुभयो ।