अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद प्रमोद साहमाथि सर्लाहीमा सांघातिक आक्रमण : उपचारका लागि काठमाडौं रिफर

सांसद प्रमोद साहमाथि सर्लाहीमा सांघातिक आक्रमण : उपचारका लागि काठमाडौं रिफर


सर्लाही- जनता समाजवादी पार्टी (जसपा) का संघीय सांसद प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ ।

सांसद साहका आफन्त अनिल साहका अनुसार सांसद साहको अगुवाइमा जसपाले नगरमा विरोध र्‍याली निकालिरहेको बेलामा २५–३० जना‍ले उनीहरुमाथि आक्रमण गरेका थिए ।

घटनापश्चात प्रहरीले भीडलाई तितरबितर पारेर स्थिति नियन्त्रणमा लिएको छ ।

शनिबार प्रदेश २ स्थित सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो । टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो । सोही विवाद बढ्दै जाँदा शनिबार बिहान दुई पक्षबीच झडप भएको हो ।