अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जोशीले तनहुँमा सुरु गरे कांग्रेस हराउ अभियान

जोशीले तनहुँमा सुरु गरे कांग्रेस हराउ अभियान


तनहुँ- नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीले पार्टी सभापति शेरबहादुर देउवा जिल्लामा आउँदा केही छद्मभेषी कांग्रेस नेताहरुले वास्तविक समस्या नभनी बाहिर बाहिर आफूसँग मिल्ने कुरा गरेको भन्दै उनीहरुलाई सबक सिकाउने चेतावनी दिनुभएको छ ।

कांग्रेसले अनुशासनको कारवाही गरेपछि जिल्लामा अलग्गै समूह बनाएर बसेका जोशीले माओवादी र नेकपा एससँग मिल्ने तर आफूलाई जसरी भए पनि पर लखेट्ने राजनीतिका मूल्य तनहुँले चुकाउनुपर्ने चेतावनी दिनुभयो । उहाँले रामचन्द्र पौडेल समूहलाई मांग्रेस (माओवादी–कांग्रेसं)को संज्ञा दिँदै यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएनुभएको हो । पौडेल नेकपा एस र माओवादीसँग गठबन्धनको पक्षमा छन् ।

जोशीले फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ,’ बाहिर चियापसल मा जोशीसंग मिल्नु पर्छ भन्ने तनहूँका छद्मभेषी नेताहरुको अनुहार नांगिएको छ। पार्टी को सभापती जिल्ला आउँदै गर्दा तनहूँ काङ्ग्रेसको समस्या नभन्ने तर मैले बाहिर भने भन्दै हिड्ने हरु लाई यस पटक नराम्रो सबक सिकाउन पर्ने छ। यसपालि मांग्रेस ( माओबादी कांग्रेस) लाई होइन सच्चा कांग्रेस लाइ जिताउनु पर्ने भएको छ। समाजवादी र माओबादी संग मिल्ने तर जोशी लाइ जसरी भए पनि पर लखेट्ने राजनीती को मूल्य तनहुँले चुकाउनु पर्ने छ।’