अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुबाको काजक्रियामा ६ छोरी

बुबाको काजक्रियामा ६ छोरी


पाल्पा – पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका ६ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् ।

स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि उहाँका ६ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन् ।

दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरिरहनुभएको छ । एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृत्युपश्चात् काजक्रियामा छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छोरासरह नै छोरीले जिम्मेवारी पूरा गर्न काजक्रिया बसेको साहिली छोरी प्रेमकुमारी बताउनुहुन्छ ।

६ दिदीबहिनीका एक भाइको १० वर्षको उमेरमा लडेर मृत्यु भएको थियो । रेवतको गत चैत ७ गते राति सुतेको समयमा अचानक निधन भएको हो ।