अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पीएनजीलाई लगातार दोस्रो जित निकाल्न २७९ रनको लक्ष्य

पीएनजीलाई लगातार दोस्रो जित निकाल्न २७९ रनको लक्ष्य


काठमाडौं – मध्यक्रम ब्याटर दीपेन्द्रसिंह ऐरीको शतकप्रेरित नेपालले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको दोस्रो एकदिवसीय खेलमा दुई सय ७९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ७८ रनको योगफल तयार गर्‍यो ।

नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका दीपेन्द्रले १४० बलमा सात चौकासहित १०५ रन बनाए । उनको यो पहिलो एकदिवसीय शतक हो । स्कोरबोर्डमा पाँच रन जोड्दा दुवै ओपनर गुमाएको नेपालको इनिङ दीपेन्द्र र देव खनालले कीर्तिमानी साझेदारी गर्दै उकासेका थिए ।

देव र दीपेन्द्रले कीर्तिमानी १२९ रनको साझेदारी गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा नेपालको सबैभन्दा उच्च साझेदारी हो। एकदिवसीय खेलमा पहिलो अर्धशतक बनाएका देवले ८६ बलमा चार चौका र तीन छक्कासहित ७२ रन बनाए ।

यसबाहेक, नेपाली टोलीको खातामा रोहितकुमार पौडेलले ३५, भीम सार्कीले २६ रन बनाउँदा अन्तिममा आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछानेले नौ बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल गोल्डेन डकआउट हुँदा अनिल साह एक रनमा आउट भएका थिए । यसबाहेक पवन सर्राफ पनि गोल्डेन डकआउट भएका थिए ।