अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटाका सातवटै स्थानीयतहमा जित्ने एमालेलेको दाबी

धनकुटाका सातवटै स्थानीयतहमा जित्ने एमालेलेको दाबी


धनकुटा – धनकुटामा नेकपा एमालेले जिल्लाका सातवटै स्थानीय तहमा जित्ने दाबी गरेको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले धनकुटामा आसन्न स्थानीय तह निर्वाचनका लागि संयुक्त गठबन्धन गर्ने भनेर पत्रकार सम्मेलन मार्फत जानकारी गराएपछि नेकपा एमालेले यस्तो प्रतिक्रिया दिएको हो ।

सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी धनकुटाका सातै तहका प्रमुख र उपप्रमुख र ६० वटा वडामध्ये ५२ वटा वडा एमालेले जित्ने दाबी गरेको हो ।

२०७४ सालमा भएको स्थानीयतह निर्वाचनमा धनकुटाका सातवटै स्थानीयतहका प्रमुख र उपप्रमुखसहित ४३ वटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।

सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने सहमति गरे पनि एमाले एक्लैले सबै पालिका जित्ने एमालेका केन्द्रीय सदस्य तथा धनकुटा इन्चार्ज राजेन्द्र कुमार राईले बताउनु भयो ।

धनकुटामा एमालेले गत निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा ८५ प्रतिसत भन्दा बढी जनप्रतिनिधि एमालेको भएको र धनकुटामा अरुदलले चुनाव जित्ने भनेको दिवा सपना मात्र भएको राईले बताउनु भयो।