काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको पुँजी परिचालन गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने बताउनु भएको छ ।
देशलाई उद्योग व्यवसायतर्फ लैजाँदा आत्मनिर्भर अर्थतन्त्र हुने उहाँले बताउनु भयो । पार्टी मातहतको उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले उद्योग व्यवसायलाई पनि आधुनिकीकरणतर्फ लानुपर्ने धारणा राख्नु भयो ।
अध्यक्ष ओली भन्नुहुन्छ– ‘उत्पादनमा नवीनता, नयाँ उत्पादनमा प्रविधिको प्रयोग, नयाँ प्रकारका सुविधा, नयाँ प्रकारका उपभोग नै आधुनिकता हो । उत्पादनका क्षेत्रलाई आनुधिक बनाउनुपर्यो र परम्परागत उत्पादन प्रक्रियामा पनि आधुनिकता जोड्नुपर्यो।’
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले विकास पनि आधुनिकीकरण भएको बताउनु भयो । त्यसअन्तर्गत भौतिक र सामाजिक पूर्वाधारमा लगानी बढाउनुपर्नेमा उनले जोड दिनु भयो । उहाँले कृषिमा आधुनिकीकरण नगरी उत्पादकत्व नबढ्ने र आयात प्रतिस्थापन नहुने बताउनु भयो ।







प्रतिक्रिया