अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन : महेश बस्नेत

आगामी चुनावमा कुनै पनि वाम दलसँग सहकार्य हुँदैन : महेश बस्नेत


पर्वत – नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले स्थानीय तहको चुनावमा कुनै पनि वाम दलसँग सहकार्य नहुने बताउनुभएको छ ।

पर्वत जिल्लाका विभिन्न पालिकाहरुको पालिका स्तरीय भेलामा सहभागी हुन आज पर्वत आउनुभएका बस्नेतले कार्यकर्ता भेटघाटमा नेकपा एमालेबाहेक अन्य दलहरु गैह्रकम्युनिष्ट भएकाले ती दलहरुसँग तालमेल नहुने बताउनुभएको हो ।

उहाँले एमालेसँग टाँसिएर बहुमत ल्याउने सपना नदेख्न नेकपा ९माओवादी केन्द्र० सहितका कम्युनिष्ट पार्टीलाई आग्रह गर्दै एमाले एक्लै निर्वाचनमा लड्ने गरी तयारी अवस्थामा छ भन्नुभयो । निर्वाचनमा स्थानीय स्तरको आवश्यकता अनुसार तालमेल पनि हुनसक्ने बताउँदै उहाँले निर्वाचनमा सक्रिय भएर होमिन कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।