अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए  : केपी शर्मा ओली

एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए  : केपी शर्मा ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गर्नु भएको छ ।

प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको उहाँले बताउनुभयो । उहाँले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिनुभयो ।

‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले आज उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा भन्नुभयो  ।

अध्यक्ष ओलीले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको बताउनुभयो । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको उहाँले बताउनुभयो । ‘उनी (दल) हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उहाँले भन्नुभयो, ‘जनकपुर–रेल किन चलायौं भन्ने होला। नेपालमा किन रेल कुदायौं भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला र ?’

अध्यक्ष ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताउनुभयो । देउवा एमालेको पाखुरा देखेर डराएको उहाँको भनाइ छ । उहाँले सबै दल एकातिर लागे पनि एमालेलाई जित्न नसक्ने दाबी गर्नुभयो। नेपाली कांग्रेस टुप्पोमा बसेर हेर्दा पनि एमाले कति बलियो छ भनेर शेरबहादुरजीले देख्नुभयो । म टुप्पामा बसेर हेरिराछु मैले देख्या छु, नचिताए हुन्छ, एक्लै सकिन्न भनिसक्नुभयो, पाँच वटा त के १५ वटा सबै आएपनि सक्दैनन् हामी एक्लै लड्छौं।