नेपाली कांग्रेसको टुप्पोमा बसेर हेर्दा पनि एमाले कति बलियो छ भनेर शेरबहादुरजीले देख्नुभयो । म टुप्पामा बसेर हेरिराछु मैले देख्या छु, नचिताए हुन्छ, एक्लै सकिन्न भनिसक्नुभयो, पाँच वटा त के १५ वटा सबै आए पनि सक्दैनन् हामी एक्लै लड्छौं ।
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले फरक धारको नेतृत्व गरिरहेको बताउनुभएको छ । उहाँले एमाले सबैभन्दा बलियो शक्ति भएको भन्दै पाँच वटा त के १५ वटा मिलेर आए पनि चुनावमा पछि पार्न नसक्ने बताउनुभयो ।
आज काठमाडौंमा नेकपा एमाले, उपत्यका विशेष कमिटी अन्तर्गतको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले त्यो धार भनेको देशभक्ति, राष्ट्रवाद र विकासको नेतृत्वकर्ताको धार भएको बताउनुभयो ।
अध्यक्ष ओली भन्नुभयो, ‘अरूले एमसीसी पास गरे जस्तो बाहिर कार्यकर्ता उचाल्ने र ढुङ्गा हान्न लगाउने र भित्र ताली बजाएर पास गर्ने काम एमालेले गर्दैन ।’
अध्यक्ष ओलीले एमसीसीका विषयमा केही दल एक थरीलाई पास गर्ने हुँदैन भनेर सडकमा उचाल्ने र आफु चाहिं सुटुक्क विदेशीलाई पत्र लेख्ने गरेको स्मरण गराउनुहुँदै जनतालाई गुमराहमा राख्ने र छलछाम गर्नमै व्यस्त भइरहेको बताउनुभयो । आफै विदेशीलाई पत्र लेख्ने अनि आफै यो पत्र कसरी बाहिर आयो भनेर प्रश्न गर्ने, यो त खसखुस पास गर्न खोज्या थियो केपी ओलीले संसद्मा ल्याइदियो भन्ने, नेपाली जनतालाई छल्ने यस्तो किन गर्नु पर्यो, यस्तो दोहोरो निर्णय किन गर्नु पर्यो । यदि गलत थियो भने किन सम्झौता गर्नुभयो, सही थियो भने संसद्मा लगियो भनेर किन टाउको दुखाउनुभयो रु हाम्रो पार्टी यस्तो नक्कली राष्ट्रवाद र दोहोरो चरित्र देखाउन र जनतालाई गुमराहमा राख्ने पार्टी हैन हाम्रो पार्टी जनतालाई गुमराहमा राख्ने र ठग्ने काम गर्दैन ।
एमाले विशेषधारका रूपमा अगाडी बढेको छ । बढ्छ अरूजस्तो घुर्की र धम्कीको राजनीति हामी गर्दैनौ। विकासको नायक एमाले हो । एमालेले विकासको नायकत्व लिन्छ । विचार र क्षमता शून्यता भएकाहरू एमालेसँग आत्तिएका छन् । तिनहरूसँग हिजो यो गरे आज यो गर्दैछु र भोलि यो गर्दैछु भन्ने ठाउँ नै छैन। रेलमार्ग किन बनायो ?, रेखाङ्कन किन गर्यो ?, समुन्द्रमा र आकाशमा पनि हक हुन्छ भनेर चिनायो भनेर भन्ने होला ? एमालेसँग एक्लै भिड्ने आँट अरूले गर्न सकेका छैनन्, गर्न सक्दैनन् । नेपाली कांग्रेसको टुप्पोमा बसेर हेर्दा पनि एमाले कति बलियो छ भनेर शेरबहादुरजीले देख्नुभयो । म टुप्पामा बसेर हेरिराछु मैले देख्या छु, नचिताए हुन्छ, एक्लै सकिन्न भनिसक्नुभयो, पाँच वटा त के १५ वटा सबै आए पनि सक्दैनन् हामी एक्लै लड्छौं ।
पाँच दलीय सत्ता गठबन्धनमात्र होइन निर्वाचन आयोगमा दर्ता भएका सबै दल एकजुट भएर आए पनि एमाले एक्लै भिड्न र जित्न सक्षम छ अध्यक्ष ओलीको भनाई थियो ।







प्रतिक्रिया