अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीलाई पखाल्दा पखाल्दा बागमती नै मैलियो ! : अध्यक्ष ओली

माओवादीलाई पखाल्दा पखाल्दा बागमती नै मैलियो ! : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै नसुध्रिएको टिप्पणी गर्नु भएको छ ।

अहिलेसम्म माओवादीले पिरोल्न नछाडेको भन्दै अध्यक्ष ओलीले प्रचण्डलाई सच्याउन सकिछ कि भनेर प्रयास गरेको तर असफल भएको बताउनुभयो ।

आज पार्टीको भ्रातृ संगठन मुस्लिम इत्तेहाद संगठनको अधिवेशन उद्घाटन गर्दै उहाँले माओवादीले युवाहरुलाई समाजवादको सपना देखाएर अल्मल्याएको आरोप लगाउनु भयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘माओवादीलाई पखाल्दा पखाल्दा बागमती नै मैलियो। घरमै ल्याएर कोशिस गरियो । तर अन्तिममा नीलो श्यालले जंगलमा सबैलाई भ्रम छरेर काबुमा राखेको कथा सुनाउँदै प्रचण्डले पनि त्यसै गर्नुभयो ।’  उहाँले कतिपय युवाहरु निर्दोष भए पनि प्रचण्डलाई पत्याएर गलत बाटोमा लागेको पनि बताउनु भयो ।

‘युवाहरुको गल्ती प्रचण्डजस्तालाई पत्याए’ उहाँले भन्नुभयो, ‘अलि अलि त मैले नै पत्याएँ । सपार्न सकिन्छ कि भन्ने आँट आयो । मान्छेले जंगलको बाँदर समातेर तालिम दिन्छ । सुगालाई बोल्न सिकाउँछ, यत्तिको मान्छे, कपालमा जेलसेल लगाएर बसेको मान्छे, कसो नसकिएला भनेको अन्तिममा ठाँडो घाँटी लगाएर हु हु गरेर कराए । तर जहाँको तहीँ ।’