अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्छ : अध्यक्ष ओली

सबै पार्टीले गठबन्धन गरे पनि एमालेले चुनाव जित्छ : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेर आए पनि एमालेले चुनाव जित्ने बताउनु भएको छ ।

आज काठमाडौंमा आयोजित नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै दल मिलेर आए पनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गर्नु भएको हो ।

अध्यक्ष ओलीले अन्य पार्टीहरू एमालेसँग डराएर यसका विरुद्धमा लागिरहेको समेत बताउनु भयो । उहाँले सबै पार्टीहरू एकातिर लागे पनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा एमालेको साथमा रहेको दाबी गर्नुभयो ।