अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको शक्तिसँग त्रसित देउवा भन्नुहुन्छ -एमाले झन् बलियो भएको छ ,एक्लै चुनाव हराउन सकिदैन

एमालेको शक्तिसँग त्रसित देउवा भन्नुहुन्छ -एमाले झन् बलियो भएको छ ,एक्लै चुनाव हराउन सकिदैन


काठमाडौं -प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा एमालेसँग कति त्रसित हुनुहन्छ भन्ने कुरा हिजो र आज उहाँले व्यक्त गरेका बिचारबाट थाहा हुन्छ । हिजो केन्द्रीय समितीको बैठकमा गठबन्धन बिना चुनाव जित्न सकिदैन भन्ने अभिव्यक्ति दिएका देउवाले एउटा कार्यक्रममा ओलीको पार्टी कमजोर नभएको तर्क दिएर एमालेसँग एक्लै चुनाव लड्न नसकिने निर्णय सुनउनुभयो । बरु गठबन्धनको विपक्षमा रहेका नेता शेखर कोइरालालाई सम्झाउदै भन्नुभयो तपाईंले पनि चुनाव हारेको होइन । अब तपाईंले पनि चुनाव जित्नु परेन । एक्लै कसरी जित्नु हुन्छ ?
देउवाले काँग्रेसजनामा अर्को पनि मनोवैज्ञानिक त्रास सृजना गरिदिनुभएको छ । त्यो हो काँग्रेसले माओवादीलाई गठबन्धनमा नराखे एमालेसग गठबन्धन गर्छ । यस्तो बेलामा काँग्रेस निर्वाचनमा नराम्ररी पराजित हुन्छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हार्ने चुनाव नलड्ने भन्दै उनले भने, ‘जहाँ सजिलो हुन्छ, त्यही मिलिदिन्छ । त्यो पनि बुझ्नुपर्‍यो नि ’
कांग्रेसमा हिजो पनि गुट रहेको र आज पनि गुटमुक्त नहुने भन्दै देउवाले स्थानीय चुनाव सजिलो नभएको बताउनुभयो । कांग्रेसले भन्दा धेरै एमाले र माओवादीले जितेको भन्दै उहाँले कमसेकम त्यहाँ मिलेर लड्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘ओली कमजोर छ भन्नु झुटा हो । ओलीजीको पार्टी धेरै बलियो छ । ’