अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोसीशी गाउँपालिकामा एमालेका उम्मेदवार सिफारिसमा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत छनोट

भोटेकोसीशी गाउँपालिकामा एमालेका उम्मेदवार सिफारिसमा अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत छनोट


चौतारा – स्थानीय तहका उम्मेदवार सिफारिसका लागि पार्टी केन्द्रीय कमिटीले तोकेको समयसीमा भन्दा २० दिनअघि नै नेकपा एमालेको सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन आउनै लाग्दा सिन्धुपाल्चोकका राजनीतिक दलहरु उम्मेदवार छनोटको गृहकार्यमा लागेका छन् । एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले केही दिन भित्रै उम्मेदवार छनोट गर्ने जानकारी दिएका छन् । भोटेकोसीशी गाउँपालिकामा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सर्वसम्मत छनोट गरिएको छ ।

आज भएको एमाले भोटेकोसी गाउँपालिका बैठकले अध्यक्षमा अमृत खड्का र उपाध्यक्षमा सुन्तलीमाया श्रेष्ठलाई सर्वसम्मत छनोट गरेको हो । सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये भोटेकोशी गाउँपालिकामा एमालेले सर्वसम्मत उम्मेदवार छनोट गरेको हो।

अध्यक्षका उमेदवार खड्का तातोपानी गाविसका पूर्व अध्यक्ष एवं तातोपानी क्षेत्रका सामाजिक अगुवा हुन्। उमेदवार छिटो छनोट भएकाले अब आफूहरु चुनावी अभियान लिएर गाउँ–गाउँ जाने अध्यक्षका उमेदवार खड्काले जानकारी दिनु भयो ।

२०७४ को स्थानीय निर्वाचनमा भोटेकोशीमा माओवादी केन्द्रका उमेदवारहरु विजयी भएका थिए ।