अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले स्थायी कमिटीको पहिलो बैठक आज

एमाले स्थायी कमिटीको पहिलो बैठक आज


काठमाडौं– नेकपा (एमाले) स्थायी कमिटीको प्रथम बैठक आज बस्ने भएको छ ।

अपराह्न ३ बजे महाराजगञ्जस्थित रोयल दरबार रेस्ट्रो एन्ड भेन्युमा बैठक बोलाइएको छ ।

बैठकमा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पारित विषयवस्तुका आधारमा स्थानीय निर्वाचन केन्द्रित ठोस कार्ययोजना बनाएर पार्टी पंक्तिलाई निर्वाचनमा परिचालन गर्ने योजना बनाइने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

स्थायी कमिटीमा पदाधिकारीसहित ४५ जना सदस्य हुनुहन्छ भने ४ जना पदेन सदस्य हुनुहुन्छ ।

स्थायी कमिटीमा को–को ?

१९ पदाधिकारी सबै, घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, यमलाल कँडेल, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे, गोरखबहादुर बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे र हिक्मत कार्की ।