काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताउनुभएको छ ।
शनिबार बिहान भएको आक्रमणमा घाइते शाहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाँणले घटना छानबिन गरी दोषीउपर कारबाही गरिने बताउनुभयो । ‘माननीय प्रमोद शाहमाथि भएको आक्रमणको छानबिन हुन्छ,’ गृहमन्त्री खाँणले भने, ‘छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ ।’
गृहमन्त्री खाँणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका उहाँको सचिवालयले जनाएको छ । पार्टी कामको सिलसिलामा गृहजिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।







प्रतिक्रिया