काठमाडौं- महिलामाथि एसिड प्रहार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पर्साको वीरगन्ज महानगरपालिका–१३ बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–१३, श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह छन् ।
आफ्नो माइतीघर बाराको कलैया उपमहानगरपालिका–२३, कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका दुईजनाले ती महिलामाथि एसिड प्रहार गरेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो ।







प्रतिक्रिया