अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली सरकारले गरेका २० वटा कामको सुची सहित दमकमा एमालेको घरदैलो

ओली सरकारले गरेका २० वटा कामको सुची सहित दमकमा एमालेको घरदैलो


झापा -केपी ओली सरकारले गरेको देशको विकास र समृद्धिका २० वटा कामको फेहरिस्त सहित अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा नेकपा एमाले स्थानीय निर्वाचन केन्द्रीत घरदैलोमा जुटेको छ ।
नगर अध्यक्ष गेहनाथ पोखरेलका अनुसार एमालेका पालामा भएका दीर्घकालिन विकासका कामहरुलाई लिखित रुपमा पर्चाको रुपमा छापेर घरदैलो कार्यक्रम गरिदैछ । दुई हप्ता अघि देखि नै हरेक टोलटोलमा घरदैलो थालिएको पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार हरेक घरमा गएर एमालेको सरकारले सुरु गरेका कामहरुको विवरणको फेहरिस्त बुझाउने गरिएको छ । ‘एमाले स्थानीय सरकारमा आएपछि भए गरेका कामहरुको पनि जनतालाई स्मरण गराएका छौं’ पोखरेल भन्नुहुन्छ ‘हरेक टोलमा विहान देखि साँझसम्मै एमालेको घर दैलोे जारी छ ।’


२०७२ र २०७४ मा केपी ओली प्रधानमन्त्री भएका बेला दमकमा ठूला साना गरी दजर्नौं आयोजनाहरु सञ्चालन भएको नगरबासीलाई स्मरण गराइएको छ । निर्माणाधिन भ्यू टावर,नेपाल चाइना इण्ड्रष्ट्रियल पार्क,रतुवा मावा तटबन्धन,विभिन्न सडक पुलको निर्माण आदि जस्ता कामको पनि मूल्यांकन गर्न आम मतदातालाई अनुरोध गरिएको छ ।