काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न चिनियाँ विदेशमन्त्री वाङ यीले आज भेटवार्ता गर्दैहुनुहुन्छ । यीले बिहान ११ः१० बजे विदेशमन्त्री ओलीसँग होटल मेरियटमा भेटवार्ता गर्ने तय भएको पार्टी स्थयी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा.राजन भट्टराईले जानकारी दिनुभयो । भेटमा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने हुने भट्टराईले बताउनुभयो ।
भेटमा एमालेको तर्फबाट अध्यक्ष ओली सहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,महासचिव शंकर पोखरेल,स्थायी कमिटी सदस्य डा.भट्टराई,पूर्वराजदुत डा.अन्जान शाक्य,एमाले केन्द्रीय सदस्य पेम्बा लामा र विदेश विभागकी सदस्य उषा किरण भण्डारी सहभागी हुनुहुने भट्टराईले जानकारी दिनुभयो ।







प्रतिक्रिया