काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री वाङ यीबीच आइतबार बिहान होटल म्यारिएटमा भेटवार्ता भएको छ।
भेटमा नेपाल र चीनबीच बेल्ट एन्ड रोड अवधारणाअन्तर्गत विगतमा हस्ताक्षर भएका सहमति र सम्झौता कार्यन्वयनबारे छ्लफल भएको एमाले विदेश विभाग प्रमुख प्रमुख राजन भट्टराईले जानकारी दिनुभयो। अध्यक्ष ओलीले चिनियाँ विदेशमन्त्री वाङसमक्ष तातोपानी र केरुङ नाकाबाट आयात–निर्यात सहज बनाउन आग्रह गर्नुभएको छ ।
भट्टराईका अनुसार नेपाल र चीनबीचको निकट सम्बन्ध विस्तारबारे पनि छलफल भयो।







प्रतिक्रिया