अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३२ जना घाइते

सर्लाहीमा पुलबाट बस खस्दा ४ जनाको मृत्यु, ३२ जना घाइते


सर्लाही – सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । बसमा सवार ३२ जनाभन्दा बढी यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आज वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत फुलजोर खोलामाथि बनेको पुल साँघुरो भएकाले टाटासुमोलाई साइड दिने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन ।

बसको अगाडीको चक्का पड्किएर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीको प्रहरीको आश‌ंका छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनायो ।