अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेशमन्त्री वाङसँगको भेटमा अध्यक्ष ओलीले उठाउनु भयो आधा दर्जन विषय

विदेशमन्त्री वाङसँगको भेटमा अध्यक्ष ओलीले उठाउनु भयो आधा दर्जन विषय


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना छिटो अघि बढाउनेसहित नेपाल सरोकारका आधा दर्जन विषयमा चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीसँगको छलफलमा उठाउनु भएको छ ।

एमाले विदेश विभागका प्रमुख राजन भट्टराईले भन्नुभयो, ‘दुई पक्षीय मामिलाका सबै विषयमा कुराकानी भयो । नेपाल चीनबीचका समझदारीमाथि छलफल भइको छ । बीआरआई अन्तर्गतका योजनाहरु अघि बढाउन र गति दिनका लागि हाम्रो जोड रह्यो ।’

वाङसँगको भेटमा अध्यक्ष ओलीले बन्द रहेका नाकाहरु खोल्न, कोरोनाका कारण बीचमै अध्ययन छाडेर नेपाल फर्किएका विद्यार्थीहरुले अध्ययन पूरा गर्ने वातावरण बनाउन, हुम्लाको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई फर्किने वातावरण बनाउन, कोरोला नाकामा भौतिक पूर्वाधार विकास, कोभिडको नियन्त्रणका लागि सहयोग विषयमा छलफल गर्नु भएको थियो ।

एमाले विदेश विभागका प्रमुख भट्टराईका अनुसार यतिखेर नेपालीले भोगिरहेका समस्याका विषयमा पनि चिनियाँ विदेशमन्त्रीसँग आग्रह गरिएको बताउनु भयो । ‘नाका छिटो खोलियोस् । मानिस र सामग्रीहरु आवातजावातको गर्ने वातावरण रहोस् भनेर भन्यौं,’ भट्टराईले भन्नुभयो, ‘कोरोनाका कारण चीनमा अध्ययन गरिररहेका विद्यार्थीहरुले बीचमै अध्ययन छाडेर स्वदेश फर्किएका छिटो समाधान होस् ।’

त्यसैगरी कोरोनाका कारण हुम्ला सीमा क्षेत्रमा रोकिएका नेपालीहरु स्वदेश फर्किने वातावरण बनाइदिन आग्रह गरेको उहाँले बताउनु भयो । त्यस्तै मुस्ताङको कोरोला नाकामा नेपालतर्फको संरचना निर्माणमा पनि चिनियाँ सहयोग हुनुपर्नेमा ओलीको जोड रहेको थियो ।  

त्यसैगरी विभिन्न कारणले परियोजनाहरुले गति लिन नसकेको अवस्थामा खासगरी बीआरआई अन्तर्गतको परियोजना छिटोभन्दा छिटो अघि बढाउने विषयमा पनि ध्यानाकर्षण गराएको भट्टराईले बताउनु भयो ।

प्रतिउत्तरमा चिनियाँ विदेशमन्त्री वाङले सबै विषयलाई सकारात्मक रुपमा लिएको र सामाधान लागि प्रयास जारी रहने जानकारी गराउनु भएको थियो ।