अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा रुखमा बाहेक अन्त भोट हाल्दैनौं : केन्द्रीय सदस्य गुरुङ

चितवनमा रुखमा बाहेक अन्त भोट हाल्दैनौं : केन्द्रीय सदस्य गुरुङ


चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा आफूहरुले नेकपा माओवादीलाई भोट नदिने बताउनु भएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफूले भरतपुर महानगरपालिकामा कांग्रेसले माओवादीलाई समर्थन गर्न नहुने धारणा राखेको उहाँले बताउनु भयो ।

विगतका दुई वटा चुनावमा माओवादीलाई समर्थन गरेकाले अब माओवादीले कांग्रेसलाई समर्थन गर्नुपर्ने चिवनका कांग्रेस कार्यकर्ताको माग रहेकाले सभापतिले यो कुरा सुन्नु पर्ने गुरुङले बताउनु भयो ।

नेता गुरुङले भन्नुभयो, ‘अब पनि रेणु दाहाललाई भोट हाल्नु पर्ने भयो भने चितवनका जनताले भोट हाल्दैनन् । आफू गठबन्धनको विपक्षमा नरहेको भन्दै उहाँले गठबन्धनका नाममा चितवनका कांग्रेसले फेरि पनि माओवादीलाई भोट हाल्ने वातावरण पार्टी नेतृत्वले बनाउन नहुने उहाँले बताउनु भयो ।