अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरू

भक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरू


​​​​​​​भक्तपुर – भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको सुरु गरिएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त निर्माण कार्य सुरु गरिएको हो ।  

प्रशोधन केन्द्र निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उद्घाटन गर्नु भएको हो । आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११.५७ लिटर प्रति सेकेन्ड रहेको बताउनु भयो ।

हनुमानघाट क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँधसमेत निर्माण गरिने उहाँले बताउनु भयो । उहाँले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट सुरु भई १५ महिनामा निर्माण सम्पन्न गरी निर्माण कम्पनीले नै पाँच वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने बताउनु भयो ।

आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठले १ एमएलडी क्षमता भएको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिने र प्रशोधन केन्द्र एमबीबीआर प्रविधिबाट सञ्चालन गरिने जानकारी गराउनु भयो । उहाँले अनुमानघाटस्थित पुरानो फोहर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताउनु भयो ।

कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा भक्तपुरको घोषणापत्रमा दुईवटा पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको बताउँदै हनुमानघाट फोहर पानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोला सुधारसँगै सिंगो भक्तपुरकै स्वरुप फेरिने विश्वास व्यक्त गर्नुभयो ।

प्रशोधन केन्द्रको काम इमानदारीपूर्वक निर्धारित समयभित्र कार्य सम्पन्न हुने आशा व्यक्त गर्दै उहाँले आयोजना सम्पन्न भइसकेपछि पनि तालिम प्राप्त जनशक्तिबाट यसको नियमित मर्मत सम्भार र सुपरीवेक्षण हुन जरुरी रहेको बताउनु भयो ।