खोटाङ – नेकपा एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले जस्तोसुकै गठबन्धन भए पनि एमाले एक्लै चुनाव लड्ने बताउनु भएको छ ।
गृह जिल्ला खोटाङ पुग्नु भएका भट्टराईले पाँच दलसँग अन्य दलहरू मिलेर एकजुट भए पनि एमाले एक्लै चुनाव लड्न तयार रहेको बताउनु भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको एमाले बलियो छ एक्लै लड्न सकिँदैन, त्यसैले हामी मिलौँ’ भन्ने भनाइ प्रति लक्षित गर्दै भट्टराईले भन्नुभयो, ‘पाँच वटा दलले पुग्दैन भने प्रधानमन्त्रीज्यू अरू पनि छरिएका कोही छन् भने मिलाउनुहोस् एमाले एक्लै लड्न तयार छ ।’
एमालेको पोलिटब्युरो सदस्य समेत रहेका भट्टराईले एमालेले कसैसँग गठबन्धन नगर्ने र सूर्य बाहेक अन्य चुनाव चिन्हमा भोट पनि नमाग्ने बताउनु भयो ।







प्रतिक्रिया