काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले अर्थमन्त्रीबाट जनार्दन शर्मालाई हटाउन माग गर्नु भएको छ ।
कांग्रेस केन्दीय समितिको बैठकमा बोल्दै नेता रसाइलीले अर्थमन्त्रीबाट शर्मालाई हटाउन पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नु भएको हो ।
अर्थमन्त्री शर्माले राजिनामा दिने विश्वास पनि आफूलाई रहेको रसाइलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘नभए प्रधानमन्त्रीले गठबन्धनमा छलफल गरेर हटाउनुपर्छ र नयाँ अर्थतन्त्र बुझेको अर्थमन्त्री ल्याउनुपर्छ।’
नेता रसाइलीले चुनावमा गठबन्धन गर्न नहुने समेत बताउनु भयो । ‘कांग्रेस एक्लै लडेर चुनाव जितेको इतिहास र जनमत छ’ उहाँले भन्नुभयो, ‘म कसैसँगको चुनावी गठबन्धनको पक्षमा छैन् ।’
कांग्रेस केन्द्रीय समिति बैठक सोमबार पनि बस्ने छ ।







प्रतिक्रिया