अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता

सबैभन्दा बढी मतदाता मोरङमा, सबैभन्दा कम मनाङमा


काठमाडौं – आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख बढी मतदाता हुने भएका छन् ।

निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली तय गरेको हो । जसअनुसार ३० वैशाखको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् ।

जसमध्ये ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने महिला मतदाताको संख्या ८७ लाख ४१ हजार ५३० जना रहेको छ। त्यस्तै अन्यमा १८३ जना मतदाता छन् ।

आयुक्त रामप्रसाद भण्डारीका अनुसार सबभन्दा बढी मतदाता मोरङमा ७ लाख १५ हजार २२३ जना रहेका छन भने सबभन्दा कम मनाङमा ६ हजार ४९६ मतदाता छन् ।

आयोगले ७५३ वटै स्थानीय तह र ७७ वटै निर्वाचन कार्यालयको समन्वयमा अन्तिम मतदाताको सूची तयार पारेको हो।

अन्तिम नामावली प्रकाशन भएपछि सूचीबाट नाम हेरफेर गर्न नपाइने आयोगले जनाएको छ।

चुनावको अघिल्लो दिन वैशाख २९ सम्म १८ वर्ष पुगेकालाई भने मतदाता नामावलीमा नाम भएका खण्डमा मतदान गर्न दिने तयारी आयोगले गरेको छ।