अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एकको ज्यान गयो

उदयपुरगढीमा आगलागीबाट ७ घर जले, एकको ज्यान गयो


उदयपुर- उदयपुरको उदयपुरगढी गाउँपालिका- १ शिखरपुरमा आइतबार आगलागी हुँदा एक जनाको ज्यान गएको छ। आगलागीबाट ७ घर जलेर नष्ट भएका छन्।

दिउँसो भएको आगलागीबाट ६८ वर्षीया शिवमाया मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। स्थानीय ओमबहादुर मगरको घरबाट एक्कासी आगलागी हुँदा उनकी आमा शिवमायाको ज्यान गएको हो।

आगलागीबाट भैरबबहादुर ग्राङ्जा मगर, पदमबहादुर ग्राङ्जा मगर, यम्बरबहादुर ग्राङ्जा मगर, दिपबहादुर ग्राङ्जा मगर, धनमाया ग्राङ्जा मगर, शेरबहादुर ग्राङ्जा मगर र ओमबहादुर ग्राङ्जा मगरको घरगोठ जलेर नष्ट भएको छ।

आगलागीबाट सात घर जलेर खरानीसँगै दर्जन बढी खसी, बोका, सुंगुर, कुखुरा जलेर नष्ट भएको स्थानीयबासी डण्डीकेशर मगरले जानकारी दिए। आगलागीबाट अन्नपात, लत्ताकपडा सवै जलेका छन्।