अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि एमालेमा

माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि एमालेमा


काठमाडौं– माओवादी केन्द्रबाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि नेकपा एमाले प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट पुगेर नेताहरु एमाले प्रवेश गरेका हुन् ।

अध्यक्षको सचिवालयका अनुसार महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेख फारुख, जलेश्वर नगरपालिकाका उपमेयर मनचुन देवी, रामगोपालपुर ३ का वडाध्यक्ष जनयनारायण मण्डल, ४ का उमेश महतो, ८ का राम विलास मण्डल, लोसपा नेता विश्वश्वर महतो, एकीकृत समाजवादीका बारा अध्यक्ष राम यादव र सोही पार्टीका रौतहट जिल्ला सदस्य रामविनोद साह पनि एमाले प्रवेश गर्नुभएको छ ।