अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन कोसँग, केका लागि गर्ने ? : शेखर कोइराला

गठबन्धन कोसँग, केका लागि गर्ने ? : शेखर कोइराला


काठमाडौं -नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसले गठबन्धन गर्न नहुने धारणा राख्नु भएको छ ।

सानेपामा जारी केन्द्रीय समिति बैठकमा उहाँले गठबन्धन केका लागि गर्ने भन्दै प्रश्न उठाउनु भयो । कोइरालाले भन्न्भयो, ‘गठबन्धन कोसँग किन र केका लागि गर्ने ? गठबन्धनभन्दा पार्टी एकतामा जोड दिऊँ ।’

उहाँले गठबन्धन गर्नेभन्दा पनि तलैबाट पार्टीभित्र एकता र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । नेता कोइरालाले भन्नुभयो, ‘गठबन्धन माथिबाट गर्ने, तर तलका कार्यकर्ताबीच चाहिं एकता हुन नसके के हुन्छ अवस्था ? हामीले त्यसमा ध्यान दिन जरुरी छ । केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं ।’