काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शिक्षा क्षेत्रमा चरम राजनीति भएकोले यसको विकास हुन नसकेको बताउनु भएको छ ।
काठमाडौंस्थित कन्या मन्दिर माध्यमिक विद्यालयको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती) समारोहमा उहाँले यस्तो बताउनु भएको हो ।
नेता सिंहले राजनीति राजनैतिक क्षेत्रमा मात्र गर्नुपर्ने सबै दलहरूलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षा क्षेत्र सबैभन्दा महत्वपुर्ण क्षेत्र हो, यसमा नारा दिएर मात्रै सुधार हुँदैन, मौका पाउँदा काम गरेर देखाउनु पर्छ । शिक्षा क्षेत्रमा चरम राजनीतिकरण छ । अब नागरिकले चाहेको जस्तो सुधारको खाँचो छ।’
संविधानले उल्लेख गरे जस्तै आधारभुत स्वास्थ्य र गुणस्तरीय शिक्षामा सबै नागरिकको समान पहुँच पुग्न नसकेकाले अब यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया