अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन, प्रचण्ड ‘डरपोक’ नेता :  कांग्रेस नेता बलायर

सुदूरपश्चिममा चुनावी गठबन्धन हुँदैन, प्रचण्ड ‘डरपोक’ नेता :  कांग्रेस नेता बलायर


डडेल्धुरा – पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले आसन्न स्थानीय निर्वाचनमा सुदूरपश्चिममा चुनावी गठबन्धन नहुने बताउनु भएको छ ।

आज प्रेस युनियन डडेल्धुरा शाखाले गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो । सिंहदरबारका लागि गठबन्धन भएपनि स्वच्छ रूपमा गठबन्धन नहुन सकेको उहाँको भनाइ छ। उहाँले केही प्रदेशमा गठबन्धन भए पनि सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको बहुमत रहेकाले सरकारमा आफूहरू अटाउन नसकेको बताउनु भयो ।

‘हामीहरू सरकारमा नरहेर पनि साथ दिइरहेका छौं,’ उहाँले भन्नुभयो, ‘यदि गठबन्धन हो भने त सुदूरपश्चिममा कांग्रेस सरकारमा हुनु पथ्यो। प्रदेश सरकारमा कांग्रेसलाई ल्याउन नचाहेकाले गठबन्धनको सम्भावना टाढिएको छ ।’

सरकारमा रहेका दलबाट कांग्रेसलाई पेल्ने मात्र काम भएको उहाँले जिकिर गर्नुभयो । ‘उहाँहरू र हाम्रो आवश्यकता भएको ठाउँमा मात्र गठबन्धन हुन्छ । चुनाव नजिकिँदै गर्दा पनि अहिलेसम्म छलफल वा वार्ता केही हुन सकेको छैन । गठबन्धन गरौं भनेर हामी कसको दैलोमा जाने ? त्यसैले हामीले जनतालाई कांग्रेस एक्लै चुनावमा जाने सन्देश दिएका छौं,’ उहाँले भन्नुभयो ।

संस्थापन इतर पक्षका नेता हरिप्रसाद भट्टले अमरगढी नगरपालिकाको प्रमुखमा दिएको उम्मेदवारीको विषयमा बोल्दै उहाँले कांग्रेसको माध्यमबाट उम्मेदवारीको चाहना आउनुपर्ने बताउनु भयो । केही दिनभित्र डडेल्धुराका पूर्वसभापति कर्ण मल्लसँग कुराकानी गरेर उहाँको चाहना के हो र के चाहन्छन् भनेर पार्टीले छलफल गर्ने उहाँले बताउनु भयो ।

प्रचण्ड ‘डरपोक’ नेता

बलायरले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बारम्बार डराइरहने भएकाले कहिले एमाले र कहिले कांग्रेससँग मिल्ने गरेको बताउनु भयो । ‘प्रचण्ड र माधवजीको पार्टी फलाउन फुलाउन आफ्नो पार्टीमा हामी आगो लगाउन सक्दैनौं ।