काठमाडौं – काँग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावका गठबन्धन गर्नुको विकल्प नरहेको बताउनु भएको छ।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताउनु भएको हो । कतिपय नेताले काँग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवाले यस्तो बताउनु भएको हो ।
बैठकलाई सम्बोधन गर्दै देउवाले पहिला एक्लै लड्दा आफूले समेत बालबाल जितेको बताउनु भयो । ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ । गठबन्धन नगरेर हुन्छ ?’, देउवाले भन्नुभयो, ‘गठबन्धन गरेर जाँदा हामी सबै जित्छौं । पहिला धेरै साथीहरू हारेका हैनन् र ?
उहाँले पुरानो कुरा बिर्सेर अघि बढ्नुपर्नेमा पनि जोड दिनुभयो । ‘मलाई पनि पहिले माओवादीले गोली हानेकै हुन् नि । पुराना कुरा सम्झेर हुन्छ ?’, उहाँले भन्नुभयो, ‘ त्यसकारण गठबन्धन गरेर जाऔँ।’







प्रतिक्रिया