भैरहवा – नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पाँच दलीय गठबन्धनको चुनाव सम्झेपछि सातो जाने गरेको बताउनु भएको छ ।
नेकपा एमाले सिद्धार्थनगर नगरकमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले गठबन्धन निर्वाचन कुनै पनि हालतमा सार्ने र टार्ने मनिस्तिथिमा रहेको दावी पनि गर्नुभयो ।
नेकपा एमाले सशक्त दबाब र खबरदारी गरेकोले संविधान र कानुनको व्यवस्था अनुरुप निर्धारित मितिमै निर्वाचन हुन लागेको हो ।
नेकपा एमालेको दबाब, अग्रसरता पहलकदमीले निर्वाचनको मिति तय भएर मुलुक निर्वाचनमय भएको समेत बताउनु भयो । उहाँले अहिले जनलहर एमालेको पक्षमा भएकोले गठबन्धनको सरकार आतिएको बताउनुभएको छ ।







प्रतिक्रिया