सुर्खेत – कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य नेकपा एमालेमा एमाले प्रवेश गर्ने हुनुभएको छ ।
माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य एव कर्णाली विकास आयोगका सदस्य समेत रहनु भएका आचार्य एमाले प्रवेश गर्न लाग्नुभएको हो ।
आचार्य यही चैत १७ गते कालिकोटमा आयोजना कार्यक्रममा एमाले प्रवेश गर्ने टुंगो भएको एमाले कालिकोट इञ्चार्ज नगिन्द्र शाही नेश्नलले जानकारी दिनुभयो । सो कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली समेतको सहभागिता रहने शाही नेश्नलले बताउनु भयो ।
अध्यक्ष ओलीले करीब ४०० जनालाई एमाले प्रवेश गराउने कार्यक्रम रहेको शाहीको दाबी छ ।







प्रतिक्रिया