कपिलवस्तु – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमालेप्रति जनताको निरन्तर विश्वास बढीरहेको बताउनु भएको छ।
कपिलवस्तुमा आज आयोजित कार्यक्रममा सम्बोधन गर्दै सचिव रायमाझीले गठबन्धन सरकार भ्रष्ट्राचार लिप्त हुँदा जनताको इच्छा पूरा गर्न नसकेको दावी गर्नुभयो । सम्बोधनको क्रममा पाँच दलीय गठबन्धनले एक्ला–एक्लै निर्वाचनमा जाने हिम्मत समेत गर्न नसक्ने बताउनु भयो । उहाँले स्वार्थी समूहले सरकार बनाएपछि विकास गर्न नसकेको आरोप पनि लगाउनु भयो ।
प्रचण्ड र माधव नेपालप्रति लक्षित गर्दै रायमाझीले नेकपाको सरकार ढाल्न नसकेपछि कांग्रेसको पुच्छर बनेको बताउनु भयो । उहाँहरू आफ्नो सरकार ढाल्ने उपाय नभएपछि कांग्रेसको पछि लागे । तर, अहिले कांग्रेसले समेत हेपेको दाबी गर्नुभयो ।
नेपालका शीर्ष नेता भारतसँग झुक्छन् तर अध्यक्ष केपी ओली भारतसँग शीर उठाएर बोल्न सक्ने एक्लो नेता भएको उहाँले दावी गर्नुभयो । ओली नेतृत्वको सरकारले भारतले मिचेको भूभागलाई समेटेर चुच्चे नक्सा जारी गरेको बताउनु भयो ।





प्रतिक्रिया