काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू गठबन्धनको पक्षमा नरहेको बताउनु भएको छ।
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा उहाँले चुनावमा गर्ने गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताउनु भयो।
‘म गठबन्धनको पक्षमा छैन । गठबन्धनलाई सैद्धान्तिक हिसाबले पुष्टि गर्न सकिन्न‚’ थापाले भन्नुभयो । देशभरका लाखौँ मतदातालाई रुखबाहेक अन्यत्र भोट हाल्नका लागि आग्रह गर्दा भविष्यमा उहाँहरूले रुखमा भोट हाल्ने ग्यारेन्टी नभएको भन्दै गठबन्धन नगर्न आग्रह गर्नुभयो ।
‘अहिले हसिया हथौडा र कलममा भोट हालेको मतदाताले अर्को चुनावमा रुखमा भोट हाल्ला त ?’ थापाले प्रश्न गर्नुभयो ।
बैठकमा सभापति शेरबहादुर देउवाले भने ७४ सालको संसदीय चुनावमा आफूले बालबाल जितेको भन्दै अहिले गठबन्धन गरेरै जानु पर्ने बताइ रहनु भएको छ ।







प्रतिक्रिया