रुपन्देही – नेकपा एमालेका महासचिव शंकर पोखरेलले तराईमा एमालेप्रतिको बढ्दो आकर्षणले एमाले पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने दाबी गर्नु भएको छ ।
कपिलवस्तुमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता पोखरेलले हिजोआज देशव्यापी लहरले कुनै गठबन्धनले एमालेको विजययात्रालाई रोक्न नसक्ने बताउनु भयो ।
‘हिजो एमाले र अध्यक्ष केपी ओलीलाई तराई मधेसको विरोधी भन्नेहरूले यतिखेर कुनै कोठामा बसेर झ्यालबाट हेरिरहेका होलान् एमालेको जनलहर, एमाले नेतृत्वको सरकारले तराईको विकासमा गरेको विकासको नेतृत्वलाई तराईका जनताले कसरी पत्याए भनेर’, पोखरेलले भन्नुभयो ।
कपिलवस्तुको विकासलाई आफ्नो नेतृत्वको प्रदेश सरकारले विशेष ध्यान दिएको बताउनुभयो । दीर्घकालीन विकासका योजनाका वृहत योजनालाई अगाडि सारेको बताउँदै महासचिव पोखरेलले समृद्ध कपिलवस्तु बनाउने योजना एमालेले पूरा गर्ने बताउनुभयो ।







प्रतिक्रिया