अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा मोटरसाइकल दुर्घटना, चार जना बालकको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटना, चार जना बालकको मृत्यु


जनकपुर- धनुषामा मोटरसाइकल दुर्घटनामा चार जना बालकको मृत्यु भएको छ।

सोमबार साँझ धनुषाको सवैला नगरपालिका–१२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडकखण्डमा भएको दुर्घटनामा एउटै मोटरसाइकलमा सवार चारजना बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सबैला वडा नं. २ बस्ने वर्ष १२ का लक्ष्मी यादव, मोटरसाइकल चालक वर्ष १५ का राहुल यादव, वर्ष १४ का सुमित यादव र वर्ष १२ का बौका यादव रहेको धनुषाका प्रहरी उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिनुभयो।

दुर्घटनामा सोहि वडाका वर्ष १९ का सुरेन्द्र यादव गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पाँचैजना गम्भीर घाइते भएका थिए। उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाउँदा चारजना बालकलाई चिकित्सकले मृत घोषणा गरेका छन्।

एकजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनुभयो ।